काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौंमा शुक्रबार एफपीओ बाँडफाँट सम्पन्न गरेको हो ।
एफपीओका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये १६ लाख ८७ हजार ७ सय ७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३ सय ३२ आवेदन रद्द भएको छ । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ ।
जसअनुसार भाग्यमानी ४७ हजार ५ सय ५४ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन् । त्यस्तै, ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।