साताको शेयर बजार: लगानीकर्ताले करिब ७४ अर्ब गुमाए

काठमाडौं । साताको चार दिन खुलेको शेयर बजारमा अधिकांश सूचकहरु ओरोलो लाग्यो । गत साता शेयर बजारमा तुलनात्मक रुपमा नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक, सेन्सेटिभ इनडेक्स, कारोबार शेयर कित्ता, कारोबार रकम र बजार पुँजीकरण घट्न पुगेको छ । जसले गर्दा यो साता लगानीकर्तालाई शेयर बजारले निराशा बनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज, नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप अघिल्लो साताको तुलनामा यो साता लगानीकर्ताहरुल अर्बो रुपैयाँ गुमाएका छन् । अघिल्लो साताको तुलनामा यो साता लगानीकर्ताहरुले ७३ अर्ब ७७ करोड रुपैयाँ गुमाएका हुन् । यो साता बजार पुँजीकरण रकम ४२ खर्ब ८९ अर्ब ७८ करोड रुपैयाँ रहँदा अघिल्लो उक्त रकम ४३ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै कारोबार रकममा समेत कमी आएको छ । अघिल्लो साताको तुलनमा गत साता कारोबार रकममा १२ करोड ९६ लाख रुपैयाँले कमी आएको हो । गत साता १९ अर्ब ३५ करोड २ लाख रुपैयाँ कारोबार रकम हुदाँ अघिल्लो साता उक्त रकम १९ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ रहेको थियो । कारोबार रकम सँगै कारोबार कित्ता शेयरको संख्यामा पनि गिरावट आएको छ । अघिल्लो साताको तुलनामा गत साता कारोबार कित्ता शेयर ८० लाख २० हजारले कमी आएको हो । अघिल्लो साता ५ करोड १८ लाख १४ हजार शेयर कित्ता कारोबार हुदाँ गत साता सो संख्या ४ करोड ३७ लाख ९४ हजारमा सीमित भएको थियो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० भन्दा मूनि रहेको छ । गत साता नेप्से परिसूचक २५८६.२३ विन्दुमा पुगेर बन्द भएको छ । जुन अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक ४४.४८ अंकले गिरावट आएको हो । अघिल्लो साता नेप्से परिसूचक २६३०.७१ विन्दुमा पुगेर बन्द भएको थियो । गत साता सेन्सेटिभ इन्डेक्स भने ४४३.५६ विन्दुमा पुगेर बन्द भएको छ । जुन अघिल्लो साताको तुलनामा ७.८९ अंकले कम हो । अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ४५१.४५ विन्दुमा पुगेर बन्द भएको थियो ।

समूहगत सूचक पनि शतप्रतिशतले घटेको छ । अघिल्लो साताको तुलनामा गत साता बैकिङ ३८, विकास बैंक ७७, वित्त १७०, होटल र पर्यटन २६, जलविद्युत १४, लगानी ०.९८, जीवन बीमा ९३, उत्पादन र प्रशोधन ८७, लघुवित्त ३३, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा १०, व्यापार २५२ र अन्य समूह ३७ अंकले घटेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार