काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
कोषले पुस २९ गते साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ ।