एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस बर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुमतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार