काठमाडौं । नबिल बैंक लिमिटेडको ४० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग , काठमाडौंमा सम्पन्न उक्त सभाले लाभांश वितरण, लेखापरिक्षक नियुक्त लगायतका निर्णयहरु गरेको छ ।
सभाले २०८१ असारमसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० (कर सहित) प्रतिशतका दरले हुन आउने २ अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ ९३ पैसा बराबर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सभाले बैंकको विदेशी संस्थापक शेयरधनी आईएएफआईसी बैंक पीएलसी, बंगलादेशको तर्फबाट मनोनित सइद मन्सुर मुस्तफालाई सञ्चालकमा नियुक्त गर्ने बैंकको सञ्चालक समितिले गरेको निर्णयलाई स्वीकृत गरी अनुमोदन गर्ने र ससर्व साधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई को निर्वाचन गर्ने निर्णय गरेको छ ।
बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबाको मूल्याङ्कनका लागि मूल्याङकनकर्ता नियुक्त गर्न , गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साभेदारीमा जाने सम्वन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जनाएको छ ।