काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । आतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६७ अंकले घटेर ४४२.८९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१८ अंकले बढ्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२४ अंकले घटेको छ ।
आइतबार ३२७ वटा कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ८६ करोड २ लाख १ हजार रह्यो । जुन बिहीबारको तुलनामा २५ करोड ६९ लाख १९ हजारले बढी हो । बिहीबार ३१५ वटा कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार पुगेको थियो ।
आइतबार १४१ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार ८ वटा समूह परिसूचक बढ्दा बाँकी ५ वटा घटेका छन् । विकास बैंक १, होटल र पर्यटन ३९, जलविद्युत ५८, लगानी ०.३८, जीवन बीमा ३४, निर्जीवन बीमा ६, व्यापार २ र अन्य समूह ५१ अंकले बढ्दा बैकिङ ८, वित्त ३०, उत्पादन र प्रशोधन ४१, लघुवित्त ७ र म्युअुचल फण्ड ०.१५ अंकले घटेको हो ।
आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा जानकी फाइनान्स, रिभर फल्स पावर लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नेपाल फाइनान्स रह्यो । जानकी फाइनान्सको १९ करोड ९ लाख, रिभर फल्स पावर लिमिटेडको १७ करोड ३६ लाख, रसुवागढी हाइड्रोपावर कम्पनीको १२ करोड ९० लाख, ंएनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ४९ लाख बराबर करोबार भयो ।