बीमा प्राधिकरणमा कार्यकारी निर्देशकदेखि सहायक प्रथमसम्म दरखास्त आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले लोकसेवा आयोगको सहमतिमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवा गर्न कार्यकारी निर्देशकसहित अन्य पदहरुमा शुक्रबार पुस १९ गते दस्खास्त आह्वान गरेको हो ।

राजुरमण पौडेलले गत जेठमा अनिवार्य अवकाश पाएर बाहिरिएसँग प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त छ । कार्यकारी निर्देशक बन्न निर्देशक कमलराज रेग्मी, सुशीलदेश सुवेदी र पूजन ढुंगेल प्रतिस्पर्धामा छन् ।

कार्यक्षमता मूल्यांकनको आधारमा रेग्मी, सुवेदी र ढुंगल मध्ये एक कार्यकारी निर्देशक बन्ने छन् ।

प्राधिकरणले कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले १ कार्यकारी निर्देशक, ४ जना निर्देशक र ५ जना उपनिर्देशक (कानूनतर्फ २ जना) मा आवेदन खुला गरेको हो । यी पदमा कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिनेछ ।

यसैगरी आन्तरिक प्रतियोगिताका आधारमा उपनिर्देशकमा एकजनाको बढुवा गरिने भएको छ।

खुला तथा समावेश प्रतियोगितात्मक लिखित परीक्षाबाट सहायक निर्देशक ५ जना, सहायक निर्देशक ९कानुन० ५ जना र सहायक प्रथम ४ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

इच्छुक योग्य उम्मेदवारले माघ १८ गतेभित्र ललितपुरको कुपण्डोलस्थित बीमा प्राधिकरणको मानव संशोधन विभागमा दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

अधिकृत तृतीय श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक प्रथमका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

महिलाका लागि भने ४० वर्षसम्मको सीमा तोकिएको छ। बीमा प्राधिकरणमा कार्यरत कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार