काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कोषले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई दिइएको बोनस शेयरको आधारमा शेएरको मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रति शेयर १९७१.९६ कायम भएको छ । समायोजह अघि सो शेयरमूल्य २११० कायम रहेको थियो । आजको कारोबारमा समायोजित मूल्य पश्चातको मूल्यबाट कारोबार सुरु हुनेछ ।