काठमाडौं । शेयरबाजर लगातार दुई दिन बढेको छ । आइतबार बढेको शेयर बजार सोमबार पनि बढेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ६.६९ अंकले बढेर ४४९.५९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.१८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.२५ अंकले बढेको हो ।
सोमबार ३१२ वटा कम्पनीको १ करोड ५४ लाख ६१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रह्यो । जुन आइतबारको तुलनामा १ अर्ब ४४ करोड ५२ लाखले बढी हो । आइतबार ३२७ वटा कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ८६ करोड २ लाख १ हजार रहेको थियो ।
सोमबार २२६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार १३ वटा समूह परिसूचक शतप्रतिशतले बढेको छ । बैंकिङ १५, विकास बैंक १३०, वित्त ३४, होटल र पर्यटन १९३, जलविद्युत १२६, लगानी ३, जीवन बीमा २८५, उत्पादन र प्रशोधन १२७, लघुवित्त ३७, म्युअुचल फण्ड ०.१३, निर्जीवन बीमा १३०, व्यापार २१ र अन्य समूह ३४ अंकले बढेको हो ।
सोमबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड , साहस उर्जा लिमिटेड, पिपुल्स हाइड्रोपावर, डोल्टी पावर कम्पनी लिमिटेड र सप्तकोशी विकास बैंक रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २९ करोड ९ लाख , साहस उर्जा लिमिटेडको १३ करोड ६५ लाख, पिपुल्स हाइड्रोपावरको १३ करोड ५८ लाख, डोल्टी पावर कम्पनी लिमिटेडको १२ करोड २ लाख र सप्तकोशी विकास बैंकको १० करोड ५३ लाख बराबर कारोबर रह्यो ।