नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न, कृष्णराज लामिछाने अध्यक्ष नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा २०८१ पुष १९ गते सम्पन्न भएको छ ।

सभाले  आ.व. २०८०-८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित  गर्दै , आ.व. २०८१-८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन गरेको छ  । नवनिर्वाचित  संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने,  सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन गरेको छ  ।

वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार