जस्मिन पेन्ट्सले आइपिओ जारी गर्ने

काठमाडौं ।  जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि  साधारण शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ प्रति शेयर अंकित मुल्य दरका ५ लाख कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार