व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी लिनु गैरकानुनी कार्य – नेपाल राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपभोक्ताले वस्तु तथा सेवा खरिद गरेबापत मोबाइल एप, QR Code, कार्ड वा POS Machine जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा भुक्तानीकर्तालाई कुनै पनि शुल्क नलाग्ने जनाएको छ । यसरी  बिक्रेताले खरिदकर्तासँग वस्तु तथा सेवा बिक्री गरेको रकमबाहेक अतिरिक्त रकम असुल नगर्न भनेको छ ।

नेपाल राष्ट्र बैङ्कले  वस्तु तथा सेवाको बिक्रेताले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी लिनु गैरकानुनी भएको बताएको छ  । आयकर ऐन, २०५८ ले समेत त्यस्तो कार्य वर्जित गरेको हुँदा व्यावसायिक कारोबारको भुक्तानी व्यक्तिगत खाता तथा वालेटमा नगर्न नगराउन भनेको छ । व्यावसायिक खातामै मर्चेन्ट QR मार्फत भुक्तानी गराउन बैङ्कले आब्हान गरेको छ  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार