काठमाडौं । शेयरबाजर लगातार तीन दिन बढेको छ । आइतबार बढेको शेयर बजार सोमबार र मंगलबार पनि बढेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.८९ अंकले बढेर ४५०.४८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०७ अंकले बढेको हो ।
मंगलबार ३०५ वटा कम्पनीको १ करोड २० लाख ८१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रह्यो । जुन सोमबारको तुलनामा ९२ करोड ७ लाख ५९ हजारले कम हो । सोमबार ३१२ वटा कम्पनीको १ करोड ५४ लाख ६१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रहेको थियो ।
मंगलबार १२६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार ८ वटा समूह परिसूचक बढ्दा ४ वटा घट्न पुगेको छ भने १ वटा स्थिर रहेको छ ।
विकास बैंक ४४, वित्त ७७, जलविद्युत १६, जीवन बीमा ८६, लघुवित्त २२, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा ५४ र व्यापार २७ अंकले बढ्दा बैकिङ ४, होटल र पर्यटन ३, उत्पादन र प्रशोधन १७ र अन्य समूह ४ अंकले घटेको हो ।
मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहास उर्जा लिमिटेड ,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी रह्यो । सिन्धु विकास बैंकको १६ करोड ९२ लाख, सप्तकोशी विकास बैंकको १४ करोड ५९ लाख, साहास उर्जा लिमिटेडको १४ करोड ४९ लाख ,ंएनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ९ करोड ८२ लाख र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९ करोड ७९ लाख बराबर करोबार भयो ।
मंगलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ , जसमा सप्तकोशी विकास बैंक, ङादी हाइड्रोपावर, र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ ।