काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाले शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने पाउने भएका छन् । केन्द्रीय बैंकले नियमन विभागले मंगलबार लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दौ शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने व्यवस्था गरेको हो ।
यस अघि लघुवित्तहरुले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष लगानी गर्न नपाउने व्यवस्था थियो ।
संशोधित व्यवस्था अनुसार लुघवित्तहरुले नेपाल राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेशनल बैंकिङ्ग इन्सटिच्युट, नेपाल क्लियरिङ्ग हाउस लि., कर्जा सूचना केन्द्र लि. लगायतका संस्थाहरुमा र नेपाल फिनसफ्ट कम्पनी लि. मा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।
नेशनल बैंकिङ्ग इन्सटिच्युट, नेपाल क्लियरिङ्ग हाउस लि., कर्जा सूचना केन्द्र लि. लगायतका संस्थाहरुमा र नेपाल फिनसफ्ट कम्पनी बाहेकका संस्थाहरुको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनु पर्नेछ ।
लघुवित्तहरुलेले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नु पर्ने भएको छ ।
हालसम्म राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थालाई एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्दछन् । बाँकीले नेपाल लेखा मापदण्डअनुसार विवरण तयार गर्ने गर्दथे । नेपाल वित्तीय प्रतिवेदनमानमा समावेश नगरेका क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान आधारका रूपमा लिनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
यसैगरी लघुवित्तमा चुक्तापुँजीको ५ प्रतिशत शेयरधनी र निजको एकाघर परिवार बैंकको सीईओ हुन नपाउने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था राष्ट्रियस्तरको लघुवित्तलाई मात्र लागु थियो ।