काठमाडौं । फाइनान्स कम्पनीहरूमा गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा यसले समस्या निम्ताएको छ । फाइनान्स कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्नुको कारको रुपमा भने निष्क्रिय कर्जा बढ्न रहेको देखिन्छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १० दशमलव ८४ प्रतिशत छ । यस्तै फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति २ अर्ब २६ करोड १० लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति ९४ करोड ९० लाख रुपैयाँ रहेको थियो । कात्तिकसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ८ दशमलव ३७ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति १ अर्ब ३१ करोड २० लाख रुपैयाँ रहेको थियो ।
चालु आवको कार्तिकसम्म नेपाल फाइनान्सको गैरबैंकिङ सम्पत्ति ५ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको साहि अवधिमा गैरबैंकिङ सम्पत्ति ६ करोड ४२ लाख ८० हजार रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले कारबाही गरी व्यवस्थापन नियन्त्रणमा लिएको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ ।
चालु आवको कात्तिकसम्म गोर्खाज फाइनान्सको गैरबैंकिङ सम्पत्ति ३८ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने गोर्खाजको ४५ करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो । साथै गुडविल फाइनान्सको गैरबैंकिङ सम्पत्ति ५८ करोड ५७ लाख ५० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा गैरबैकिङ सम्पत्ति १० करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको थियो । कार्तिकसम्म श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको गैरबैंकिङ सम्पत्ति १ करोड ५३ लाख रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत वर्षको सोहि अवधिमा गैरबैंकिङ सम्पत्ति १ करोड ५६ लाख रुपैयाँ थियो । बेस्ट फाइनान्सको गैरबैंकिङ सम्पत्ति ३० करोड ८१ लाख ३० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत वर्ष कात्तिकमा गैरबैंकिङ सम्पत्ति २३ करोड ७९ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै प्रोग्रेसिभ फाइनान्सको गैरबैंकिङ सम्पत्ति ३४ करोड ४७ लाख ९० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा गैरबैंकिङ सम्पत्ति ११ करोड ९५ लाख १० हजार रुपैयाँ रहेको थियो । जानकी फाइनान्समा गैरबैंकिङ सम्पत्ति ९ लाख ७० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति रहेको थियो ।
साथै पोखरा फाइनान्सको गैरबैंकिङ सम्पत्ति ८ करोड १३ लाख रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा गैर बैंकिङ सम्पत्ति शून्य रहेको थियो । सेन्ट्रल फाइनान्समा गैरबैंकिङ सम्पत्ति २ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको छ ।
उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति १ करोड ६३ लाख ३० हजार रुपैयाँ थियो । मल्टीपर्पस फाइनान्सको गैरबैंकिङ सम्पत्ति १ करोड १६ लाख २० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति ८५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
समृद्धि फाइनान्सको गैरबैंकिङ सम्पत्ति १० करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति ९ करोड ८७ लाख ४० हजार रुपैयाँ थियो ।
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको गैरबैंकिङ सम्पत्ति २ करोड तीन लाख ४० हजार रुपैयाँ रहेको छ । उक्त फाइान्सको गत आर्थिक वर्षको सोहि अवधिमा पनि सोहि बराबर गैरबैंकिङ सम्पत्ति थियो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति १ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ ।उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति थिएन । आईसीएफसी फाइनान्सको गैरबैंकिङ सम्पत्ति १ करोड ७६ लाख ७० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति ४२ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
मञ्जुुश्री फाइनान्सको गैरबैंकिङ सम्पत्ति ९ करोड ३२ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति २ करोड ५९ लाख १० हजार रुपैयाँ थियो । साथै रिलायन्स फाइनान्समा कात्तिकसम्म गैरबैंकिङ सम्पत्ति १९ करोड ५९ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त फाइनान्सको गत आर्थिक वर्षको सोहि अवधिमा सोहि बराबर गैरबैंकिङ सम्पत्ति १४ करोड २२ लाख ३० हजार रुपैयाँ रहेको थियो ।