ठूलो खोला हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ ।

सभाबाट संचालक समिति सदस्यमा धिराज कार्की निर्वाचत भएका छन् ।  सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१  को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद  प्रवाह विवरण लगायतको वित्तीय  विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती  तथा निजको पारिश्रमिक तोक्ने र स.चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न संचालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले म्याग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार