सुन पाँच सयले बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनको मूल्य बढेको छ । बुधबार सुन प्रति तोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार