कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा उत्रिएका हुन् ।

दक्षिण कोरियाले एचआरडी कोरियामार्फत सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रका लागि ईपीएस मार्फत कामदार माग गरेको थियो, जसमा ३५ हजार नेपालीले आवेदन भरेका थिए । तीमध्ये ४ हजार जनालाई भाषा परीक्षामार्फत छनोट गरिएको थियो । छनोट भएकामध्ये हालसम्म ३१४ जनामात्रै कोरिया पुगेको ईपीएस कोरिया शाखाले जनाएको छ । थप ४७८ जनाको एलसी जारी भएको छ ।

गत वर्ष भाषा परिक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै आन्दोलनरत युवाहरुले ग्वार्कोमा रहेको ईपीएस कार्यालय घेराउ गरेका छन् । भाषा परिक्षा पास गरेर लैजाने आश्वसान मात्रै दिने तर कोरिया भने नपठाए सँगै आन्दोलन गर्नु परेको युवाहरुले बताए । उनीहरूले शाखाका निर्देशक राजकुमार राईलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार