बजेट खर्च ३४ प्रतिशत हुँदा पुँजीगत खर्च १४.८ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को करिब ६ महिनाको अवधिमा सरकारको बजेट खर्च ३४.०८ प्रतिशत देखिएको छ ।

चालु आवको लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । जसमा पुस २४ गतेसम्म ६ खर्ब ३३ अर्ब ९८ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस अवधिमा सरकारको पुँजीगत खर्च १४.०८ प्रतिशत मात्र देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुसको २४ गतेसम्म संघीय सरकारको पुँजीगत खर्च ५२ अर्ब १३ करोड ३३ लाख रुपैयाँ मात्र छ । चालु आवको लागि पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, चालु शीर्षकमा विनियोजित कूल ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेटमध्ये हालसम्म ४ खर्ब २६ अर्ब १४ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । यो ३७.३६ प्रतिशत हो ।

वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ छुट्याइएकोमा ४२.३९ प्रतिशत खर्च भएको छ । हालसम्म वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ अर्ब ७० करोड ४ लाख रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा सरकारको राजस्व संकलन ३३.३१ प्रतिशत छ । सरकारले चालु आवमा राजस्व मार्फत १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । हालसम्म ४ खर्ब ७२ अर्ब ७१ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार