काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड सोह्रौं वार्षिक साधारण सभा २०८१माघ १८ गते शुक्रबार एलफ्ट होटल, ठमेल, काठमाडौं मा बोलाएको छ ।
साधारण सभाले १. संचालक समितिको प्रतिवेदन पारित गर्ने,आ.ब. २०८०/८१ आम्दानी खर्च तथा वासलात लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने, कम्पनीको आ.ब. २०८१ / ८२ को हरहिसावहरु लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने निर्णय गर्ने छ साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५.५२६३१५८ प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने छ ।,
सभाको विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताव गरे बमोजिम रु. १,६०,२७,३००/- (हालको चुक्ता पुँजीको ५ प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको चुक्ता पुँजी बृद्धी गरी सोही बमोजिम प्रबन्धपत्रको दफा ६ ( ग ) संसोधन गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।