काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रति तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रति तोल १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।