काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले तेह्रौं वार्षिक साधारण सभामार्फत् नगद लाभांश पारित गरेको छ । बुधबार काठमाडौंमा भएको साधारण सभाले चुक्ता पुँजीको ५.२५ प्रतिशत अर्थात् १ अर्ब २८ करोड ९३ लाख ९० हजार २०२ रुपैयाँ नगद लाभांश पारित गरेको हो । लाभांश पारित सँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ४५ करोडले नाघेको छ ।
सभाले महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्रदान गरिए बमोजिमका लेखापरीक्षक नियुक्त गर्न र गत वर्षको भन्दा वृद्धि नहुने गरी निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट १० लाख खर्च भएको सो को अनुमोदन प्रस्ताव पारित गर्यो ।