समता घरेलु लघुवित्तले प्रस्ताव गर्‍यो ५.२६ प्रतिशत लाभांश

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ छ ।

सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

गत वर्ष कम्पनीले ५ दशमलव ४२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले लाभांश वितरणलाई विगतका वर्षदेखि नै निरन्तरता दिँदै आएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार