काठमाडौं । निरन्तर चार दिन बढेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकले घटेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.९७ अंकले घटेर ४४८.५४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.१८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९४ अंकले घटेको हो ।
बिहीबार ३०८ वटा कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर कारोबार हुदाँ करोबार रकम ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार पुगेको छ । जुन बुधबारको तुलनामा ८९ करोड ७३ लाख ५० हजारले बढी हो । बुधबार ३०५ वटा कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार पुगेको थियो । साथै बजार पुँजीकरण रकम भने ४३ खर्ब ७० अर्ब ८२ करोड ३८ लाख लाख पुगेको छ ।
बिहीबार ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार १ वटा समूह परिसूचक बढ्दा बाँकी १२ वटा घटेको छ । होटल र पर्यटन ६६ अंकले बढ्दा बैंकिङ ६, विकास बैंक ११४, वित्त ९२, जलविद्युत १४, लगानी ०.३८, जीवन बीमा १४७, उत्पादन र प्रशोधन ५९, लघुवित्त ६३, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा ४३, व्यापार ३३ र अन्य समूह ९ अंकले घटेको छ ।
बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सुपर मार्दी हाइड्रोपावर लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो । सुपर मार्दी हाइड्रोपावर लिमिटेडको ४४ करोड ८८ लाख, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको २८ करोड ३२ लाख, सिन्धु विकास बैंकको २५ करोड २४ लाख, हिमालयन पावर पार्टनर लिमिटेडको १९ करोड ८८ लाख र ंएनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १७ करोड ५५ लाख बराबर करोबार रकम रह्यो ।