झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने

काठमाडौं । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा फुटवल प्रतियोगिताहुने आज पत्रकार सम्मेलनगरी जनाकारी गराएको हो ।

”लागु औषध दुर्व्यसन विरुद्धको बोल , हाम्रो यो गोल” भन्ने नाराका साथ आगामी पुस २८ गते देखि माघ ५ गते सम्म प्रतियोगिथा सन्चालनहुने सुजनशील युवा क्लबका अध्यक्ष निशान लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा आयोजक सुजनशील युवा क्लब ए र बी का साथै झापा र मोरङ्गका ८ वटा गरी जम्मा १० वटा टिम बिच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रो हुने टिमले नगद ३० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

त्यस्तै विधागत खेलमा प्लेयर अफ द टुर्नामेन्टले ३ हजार ५ सय , ईमर्जिङ प्लेयर, वेष्ट गोलकिपर, वेष्ट डिफेण्ड, प्लेयर अफ द म्याचलाई जनही २ हजार ५ सय नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने क्लवका सचिव विक्रम निरौलाले बताए । फुटबल प्रतियोगिता सन्चालनकालागी कमल गाउँपालिकाका, देश विदेशमा रहनुहुने स्थानीयबासीका साथै विभिन्न संघ सस्थामाबाट सहयोग प्राप्त भएको र प्रतियोगिता सन्चालनबाट बचत भएको रकम लागु औषध दुर्व्यसन विरुद्धका लागी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने खेल संयोजक जनक गुरुङले जानकारी दिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार