CLI

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट  आईपीओ निष्काशनको अनुमति प्राप्त गरेको   छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते  प्राथमिक शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

कम्पनीले  २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको प्राप्त गरेको हो  । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले    प्राथमिक शेयर निष्काशन गर्ने भएको हो  । कम्पनीको शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

Leave Your Comment

Related News