पाँच महिनामा व्यापार घाटा ५ खर्ब ८७ अर्ब

काठमाडौं । मुलुकको  वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भएको छ ।  यो अबधिमा बस्तु निर्याद ७३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारतमा निर्याद  २३.७ प्रतिशत र चीनमा  निर्यात ६८.९ प्रतिशतले बढेको छ । यो समिक्षा अबधिमा  अन्य मुलुकतर्फको  निर्यातमा १.२ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलौँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैङ्कले जारी गरेको पछिल्लो पाँच महिनाको बितिय बिबरणमा उल्लेख छ  ।

आर्थिक वर्ष २०८१-८२ को पाँच महिनामा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६ खर्ब  ६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ४.० प्रतिशत र ४.६ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा १.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्प भैरहवा, विराटनगर, वीरगंज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्प भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा

कमी आएको  नेपाल राष्ट्र बैङकले जारी गरेको पछिल्लो पाँच महिनाको बित्तिय बिबरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१-८२ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भई ५ खर्ब  ८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७२ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ अर्ब ६६ करोड बराबरको भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार