सर्वाेत्तम सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८१ पुष २६ गते  रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा कम्पनीले छैटौ साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०\०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१\०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ  ।

यसका साथै साधारण सभाले कम्पनीले आफ्नो चुक्ता पूजीको ७ % का दरले हुने रु ३२,५५,००,०००।– (रुपैँया बत्तिस करोड पच्चपन्न लाख मात्र) बराबरको बोनश शेयर र चुक्ता पुँजीको ३% हुने रु १३,९५,००,०००।– (रुपैँया तेह्र करोड पन्चानब्ये लाख मात्र) (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित  गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार