काठमाडौं ।२०८१ माघ १ गते देखि बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने भएको छ नेपाल सरकारले २०८१ असार १० गतेको नेपाल राजपत्रमा प्रकाशित गरेर सो बिषयको जाकारी दिएको हो । राजपत्रमा उल्लेख भएबमोजिम भएबमोजिम बैंक तथा वित्तीय संस्थाले नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बैङ्क खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ ।
नेपाल सराकरले राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । यसका साथै, काठमाडौं उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर (कार्यालय) मार्फत समेत राष्ट्रिय परिचयपत्र बुतरण गर्दै आएको छ ।
कार्ड बनाउन र प्राप्त गर्ने कार्यलाई सहजीकरण गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले Citizen Portal (https://citizenportal. donidcr.gov.np/en/check-national-id-number) बाट राष्ट्रिय परिचय नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्थासमेत गरेको नेपाल सरकारले जनाएको छ ।
उक्त पोर्टलमार्फत राष्ट्रिय परिचय नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको छ ।
नेपाल
राष्ट्र
असतोमा सद्गमय
नेपाल राष्ट्र बैंक