काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिन सक्ने छन् । योग्य आबेदकले आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले प्राथमिक शेयर (आईपीओ ) निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पुस २५ गते प्रातमिक शेयर शेयर निष्काशनको लागि अनुमति प्राप्त गरेको हो । बोर्डबाट कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनको अनुमति प्राप्त गरेको हो । कम्पनीले जारी गर्ने प्राथमिस शेयर प्रति कित्ता १०० रुपैयाँमा लगानी कर्ताले आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो ।