प्रतितोला १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं । आज साताको पहिलो दिन  आइतबार सुनचाँदीको मूल्य बढेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य  आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३३ हजार ४ सय ९० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा रहेको  छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार