CLI

माध्यमिक तहमा शिक्षकका लागि जागिर खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि तृतिय श्रेणीको  लागि शिक्षकको आबेदन  माग गरेको छ। आज (आइतबार) सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो।

एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ।

तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिनसकिने विज्ञापनमा उल्लेख छ।

लिखित परिक्षा सामान्य २०८१ चैत १६ गते हुने छ लिखित परिक्षा बिषयगतको परिक्षा मिति परिक्षा सामान्यको नतिजा सार्वजनिक गर्दा तोकिने शिक्षक सेवा आयोगले जनाएको छ ।

परिक्षाको केन्द्र कोशी प्रदेशको मोरङ,मधेश प्रदेशको धनुषा,वागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्खी, लुम्विनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा परिक्षा केन्द्र तोकिएको छ ।

आवेदकले २०८१ माघ २८ गते भित्र आवेदन दिनु पर्नेछ दोब्बर दस्तुर तिरेर आवेदन दिने मिति १०८१ फागुन ५ लाई तोकिएको छ । आवेदक आवेदन दिने मिति सम्म १८ बर्ष पुरा गरी ४० बर्ष ननाघेको हुनुपर्नेछ । बहालवाला स्थायी शिक्षकलाई भने उमेदहद लागु हुनेछ ।

 

Leave Your Comment

Related News