लिवर्टी इनर्जी कम्पनीको अवितरित हकप्रद शेयर विक्रीमा

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएको छ ।

कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्कासन तथा विक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम विक्री गर्न लागेको हो ।

यो शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले माघ २ गते देखि ९ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकdf प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, बीरगंग, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार