काठमाडौं । सीजी डिजिटलले एकै पटक ५ शोरूम सुरु गरेको छ । झापाको बिर्तामोडर दमक, पर्षाको वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
सिजीका यी शाखाहरुबाट ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।
नयाँ सुरु गरिएका शो रुमहरुमा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरु बाट यहाँ भएका बिधुतिय सामग्रीहरुको पूर्ण जानकारी ग्राहकले पाउनेछन् । कम्पनीले सितित अबधिको लागि ३०% सम्मको विशेष छुट योजना ल्याएको छ ।
नया सुरु गरिएकाट शाखाहरुमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको कम्पनीले बताएको छ ।