काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । सोमध्ये १० प्रतिशत बोनस शेयर छ भने ११.०५ प्रतिशत कर सहित नगद लाभांश छ ।
पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।
अघिल्लो आवको मुनाफाबाट कम्पनीले २१ दशमलव ०५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।