कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब बढी अनुदान वितरण, प्रत्यक्ष २० अर्ब हुदाँ अप्रत्यक्ष ८७ अर्ब वितरण

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान रकम कृषकलाई वितरण गरेको छ । कृषि मन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदानस्वरुप उक्त रकम लगेको बताए ।

उनले अनुदान लैजोनमा कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू रहेको बताए । मन्त्री अधिकारीका यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन् । प्रत्यक्षतर्र्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार अनुदान वितरण गरिएको हो । प्रत्यक्षतर्फ (यस मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान) कृषि सहकारी र समूहलाई र अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल अनुदानमा वितरण भएको मन्त्री अधिकारीको भनाई छ ।

उनले अनुदान लिनेको नाम समेत सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाले देखि नै कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै अधिकारीले अनुदान लिनेको नाम सार्वजनिक गर्ने जनाउँदै आएका थिए । सोही अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लैजानेहरूको नाम सार्वजनिक गरिएको उनले दाबी गरे ।

मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विकास साझेदारको सहकार्यमा सञ्चालित परियोजना तथा उखु कृषक प्रोत्साहन अनुदान कृषि बिमाको प्रिमियम अनुदान पशुपन्छी तथा मत्स्य विमाको प्रिमियम अनुदान मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत विगत ५ वर्षमा प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ । प्रत्यक्ष ५ वटा आयोजनाबाट अनुदान रकम प्रवाह भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजनाबाट १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रकम प्रवाह भएको छ ।

रानी जमरा गुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाई
यस आयोजना बाट २१ हजार ४ सय ५० कृषि सहकारी, कृषि समूह, कृषि फर्महरू मार्फत कुल रु १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम
यस कार्यक्रम तर्फ २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल रु ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ भने ।
( नेपाल लाईभस्टक इनोभेसन आयोजना
यस आयोजनामा ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल रु १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ ।

 नेपाल लाईभस्टक इनोभेसन आयोजना
यस आयोजनामा ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल रु १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना
यस आयोजनामा ४६ हजार २ सय २६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल रु १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ ।

स्टार्टअप ग्रान्ट परियोजना
स्टार्टअप ग्रान्टका कार्यक्रमहरु रहेकोमा लाभग्राहि छनौट र अन्य प्रकृयागत ढिलाईका कारण चालु आव ०८१/८२ मा हाल सम्म ३६६ कृषकहरुलाई रु १ करोड ६४ लाख ४८ हजार अनुदान रकम प्रवाह भएको छ ।

उखु कृषक प्रोत्साहन

उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ कृषि बिमाको प्रिमियम अनुदान तर्फ ५० करोड ४८ लाख ८२ हजार रुपैयाँ
पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदान तर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएका छन् ।

 पिएसिटी परियोजना  (०६६र६७ देखि ७४र७५)
१२ सय २३ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत २ अर्व १० करोड २६ लाख रुपैयाँ अनुदान प्रवाह भएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार