काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरकानुनी काम गरेको भन्दै मनोकामना मनिचेन्जर वीरगञ्ज प्राइभेट लिमिटेडको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले भारतीय रुपैया खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामनाको इजाजतपत्र रद्द गरेको हो ।
नेपाल राष्ट्र बैंकले , मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम मनोनामनाको इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ । उक्त नियमावली अनुरुप नियमविपरित गई विदेशी मुद्रा खरिद बिक्री गर्न पाइने छैन ।
इजाजतपत्र खारेज सँगै मनोकामनासँग अब उप्रान्त कुनै पनि कारोवार नगर्न नगराउनु सर्वसाधारणको लागि आग्रह समेत गरिएको छ ।
।