पिपुल्स हाइड्रोपावरको सत्रौं वार्षिक साधारणसभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं ।  पिपुल्स हाइड्रोपावरले सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको सत्रौं वार्षिक (आर्थिक वर्ष २०८० /०८१) प्रतिवेदन माथि  छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८१\०८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ ।

साधारणसभाले कम्पनीको १६ औं वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णयमा पुर्नविचार हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिई विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिको लागि निवेदन पेश गरिएको हकप्रद शेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोग गर्ने संचालक समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।

सभाले जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने, उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा हकप्रद शेयर निष्काशन सम्बन्धमा थप अन्य कार्यहरू गर्नु परेमा सो कार्य गर्न  सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार