पुसको तुलनामा माघमा तीन बैंकले मात्र ब्याजदर चलाए

काठमाडौं । माघका लागि अधिकांश वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ ले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने तीनले ब्याजदर परिवर्तन गरेका छन् ।

माघका लागि दुई बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ ।

पुसको तुलनामा माघमा ब्याजदर घटाउने नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् । भने लक्ष्मी सनराइज बैंकले बढाएको छ । नेपाल एसबिआई बैंकले अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ । लक्ष्मी सनराइज बैंकले भने ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको छ ।

दुई बैकहरुल ब्याजदर घटाएसँगै औसत ब्याजदर पनि सामान्य घटेको छ। पुसको तुलनामा माघमा बैंकहरुको औसत ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको हो।

राष्ट्र बैंकको निर्देशन अनुसार अघिल्लो महिनामा लागु हुने ब्याजदर पछिल्लो महिनाको मसान्तसम्म बैंकहरुले सार्वजनिक गर्नु पर्छ। सोही अनुसार बैंकहरुले माघका लागि ब्याजदर सार्वजनिक गरेका हुन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार