मञ्जुश्री फाइनान्सको सत्रौ वार्षिक साधारण सभा सम्पन्न, ४ बर्षको लागि सञ्चालक समिति चयन

काठमाडौं । मञ्जुश्री फाइनान्सको सत्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ  । सभाले आ.व. २०८०\०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ  ।

सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी , रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी  र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम, गरि ४ (चार) जना सञ्चालक आगामि ४ वर्षका लागि निर्बिरोध  निर्वाचित गरेको छ  ।

सभाले कम्पनीलो रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित गरेको छ  ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन  तथा १७।५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । फाइनान्सको केन्द्रिय कार्यालय सहित  २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर  मार्फत देशका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रवाह गरिरहेको छ  ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार