काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ ।
बैंकले मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपाल द्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थीत दृष्टिविहीनहरुलाई सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो कार्यले दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विगतमा पनि विभिन्न कार्यक्रम संचालन गर्दै बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
सिटिजन्योस इन्टरनेशनल बैङ्क यो बर्ष मात्र विश्वकै प्रतिष्ठित अवार्ड मानिने बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको थियो । बैङ्कले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक डिजिटल क्रेडिट कार्ड “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याउनुका साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरइन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकसँग बैङ्किङ कारोवार गरिरहेको छ ।