सानिमा रिलायन्सले शेयरधनीलाई भन्यो: बोनस शेयरको कर वापत्को रकम जम्मा गर्नु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोनस शेयर वापत्को रकम जम्मा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने निर्णय भएको १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वापत्को रकम जम्मा गर्न भनेको हो ।

उक्त बोनस शेयर कम्पनीको गत असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो । साविकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट २०७९ साल चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । आयकर ऐन २०५६ को व्यवस्था बमोजिम गाभिएको मितिमा कायम रहेका शेयरधनीहरूलाई गाभिएको मितिबाट दुई वर्षसम्म लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ ।

एकीकृत कारोबार मिति पश्चात् कायम शेयरधनीहरूले बोनस शेयर वापत् लाग्ने ५ प्रतिशत रकम र्बैक खातामा जम्मा गरी सोको भौचर स्क्यान गरी कम्पनीलाई उपलब्ध गराएपछि बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको एनएमबी बैंकको बबरमहल, काठमाडौँ शाखामा रहेको ९९०००५३६६७८००१७३ खातामा बोनस शेयरमा लाग्ने कर वापत्को रकम जम्मा गर्नुपर्ने भएको हो । कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार