काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३० लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब २२ करोड ५३ लाखले बढी हो । गत आर्थिक वर्षको पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख नाफा कमाएको थियो ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल एसबीआई, लक्ष्मी सनराईज, सिद्धार्थ, कुमारी , एभरेष्ट लगायतका बैंक रहेका छन् । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपाल एसबिआईले १ अर्ब ३४ करोड ८७ लाख, लक्ष्मी सनराईजले १ अर्ब ६४ करोड ७ लाख, सिद्धार्थले ९७ करोड ९० लाख, कुमारीले १ अर्ब ९९ करोड ३२ लाख, एभरेष्टले १ अर्ब ९४ करोड २ लाख, एनएमबीले १ अर्ब ९० करोड ६४ लाख, नेपाल बैंकले १ अर्ब ५१ करोड ५७ लाख नाफा कमाएको छ । साथै प्रभुले १ अर्ब ८३ करोड ८४ लाख, नबिलले ३ अर्ब ४९ करोड ७४ लाख, स्टान्र्डड चार्टरले १ अर्ब ३७ करोड ४५ लाख, माछापुच्छ«ेले ८२ करोड ७४ लाख, ग्लोबल आइएमइले २ अर्ब ८३ करोड ४४ लाख र प्राईम कर्मिसयलले १ अर्ब ९६ करोड ८९ लाख नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोहि अवधिमा नेपाल एसबिआईले ७० करोेड ८० लाख, लक्ष्मी सनराईजले ८९ करोड ८० लाख, सिद्धार्थले ६२ करोड ३८ लाख, कुमारीले १ अर्ब २१ करोड ३१ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, एनएमबीले १ अर्ब ४५ करोड १३ लाख, नेपाल बैंकले १ अर्ब ४५ करोड १३ लाख नाफा कमाएको छ । साथै प्रभुले १ अर्ब ४९ करोड ४५ लाख, नबिलले २ अर्ब ९६ करोड ९३ लाख, स्टान्र्डड चार्टरले १ अर्ब २५ करोड ६० लाख, माछापुच्छ«ेले ७६ करोड २७ लाख, ग्लोबल आइएमइले २ अर्ब ७३ करोड ७९ लाख र प्राईम कर्मिसयल १ अर्ब ९२ करोड ८९ लाख नाफा कमाएको थियो । समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, सानिमा, हिमालयन, राष्ट्रिउ वाणिज्य, एनआईसी एशिया बैंकको मुनाफामा भने कमी आएको छ ।