काठमाडौं । गत पुष २६ मा बसेको मन्त्री परिषद्को वैठकले १३ जना निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणि सचिवको सरुवा गरेको छ । सरकारले सरुवा गरेका सचिवहरुमा दिनेश भट्टराइलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यलय सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनका सचिव भरतमणि सुवेदीलाई उपराष्ट्रपतिको कार्यलय, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेलाई महालेखा नियन्त्रक कार्यलय, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव कृष्णहरी पुष्करलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, निर्वाचन आयोगका सचिव रविलाल पन्थलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमा सरुवा गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यलय, महालेखा नियन्त्रक कार्यलयका सचिव विनोद प्रकाश सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव लक्ष्मी कुमारी बस्नेतलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय कर्णालीमा कार्यरत सचिव चुडामणि पौडेललाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय, मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय वाग्मतिका सचिव डा. हरिप्रसाद लम्साललाई युवा तथा खेलकुद मन्त्रालय, मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय मधेश प्रदेशका सचिव लोकनाथ पौड्याललाई मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेश, मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय लुम्विनीका सचिव माहादेव पन्थलाई मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय वागमति सरुवा गरेको हो ।