काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज गत शुक्रबार सरकारले जारी गर्न सिफारिस गरेका सुसासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिबृदि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, आर्थिक कार्यबिधि तथा वित्तिय दायित्व पहिलो संशोधन अध्यादेश २०८१ , नीजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश मध्ये भूमि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश बाहेकका ४ अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमाको आधारमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यलयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताए ।
उनले सरकारले सिफारिस गरेका अध्यादेश मध्ये भूमि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश भने जारी गरेको प्रवक्ताले जारी गरेको बिज्ञप्तिमा उल्लेख छैन ।