गरिमा विकास बैंकको साधारणसभा सम्पन्न,दिलिप प्रताप खाँड अध्यक्षमा निर्वाचित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले  अठारौं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । उक्त साधारण सभाले संचालक समितिले प्रस्तुत  गरेका  प्रस्ताव पारित गरेकाे छ । सभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गरेको छ  ।

साधारण सभाले निर्वाचित गरेको नव नियुक्त सञ्चालक समितिको बैठकले  दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित गरेको बैङ्कले जनाएको छ ।

बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते सम्म  कायम रहेका लगानी कर्ताले लाभांस प्राप्त गर्नेछन् ।

विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार