काठमाडौं । प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको थियो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । बैंकको २३औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८०/०८१ को एकीकृत ९ऋयलकयष्मिबतभम० वित्तीय विवरण पनि पारित गरेको छ ।
सभाले आगामी ४ बर्षको लागि बैङ्कको सञ्चालक समिति निर्वाचित गरेको छ नव निर्वाचित सञ्चालक समितिमा संस्थापक समूह तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृष बहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की गरी ६ जना सञ्चालक आगामी ४ वर्षे कार्यकालको लागि निर्वाचित गरेको छ ।
प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ७९ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २८६ वटा एटिएम तथा ३११ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको बैंकिङ्ग सञ्जालको माध्यमबाट ३५ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैङ्कले जनाएको छ ।
बैंकले २३औं वार्षिक साधारण सभाको अवसरमा प्रभु बैंक लि. को उत्तरोत्तर उन्नती प्रगतिको शुभेच्छा प्रकट गर्ने शेयरधनी महानुभावहरु एवं सञ्चारकर्मी लगायत सम्बन्धित सबैलाई बैंक को तर्फबाट धन्यवाद ज्ञापन गरेको छ ।