CLI

बैंकिङ कसुरको आरोपमा अनेरास्ववियुका इन्चार्ज मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का इन्चार्ज पक्राउ किशोरविक्रम परेका छन्।

बैंकिङ कसुरको आरोपमा एमालेका केन्द्रीय सदस्य एवं अनेराश्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए।

सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ। उनीविरुद्ध एक जना पीडितले २० लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरमा जाहेरी दिएका थिए। जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनीमाथि कारबाही अगाडि बढाएको हो।

मल्लले पीडितलाई दिनु पर्ने २० लाख ५० हजार रुपैयाँको चेक दिएपनि खातामा रकम नभएपछि पीडित प्रहरी कार्यालय पुगेको बताएका छन्।

२०७० सालको निर्वाचनमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए।

Leave Your Comment

Related News