१० अर्वको ९ बर्षे बिकास ऋणपत्र ल्याउदै सरकार

काठमाडौं । सरकारले  १० अर्वको ९ बर्षे बिकास ऋणपत्र बिक्रि  गर्न लागेको छ । आज बोलकबोल मार्फत हुने बिक्रि हुने विकास ऋणपत्र २०९० रहेको छ । ऋण पत्रको ब्याजदर बोलकबोलको माध्यमबाट हुने सार्वजनिक ऋण व्यावस्थापन कार्यलयले जनाएको छ । ऋणपत्र ९ बर्षको हुने छ । यो ऋणपत्रमा बैङ्क तथा वित्तिय संस्था,गैर-बैङ्क वित्तिय संस्था,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाईने छ ।

ऋणपत्र खरिदकर्ताले आज २०८१ माघ २ बिहान १० बजे देखी २ बजे सम्म बोलकवोल गर्नु पर्ने छ । यसको निश्काशन २०८१ माघ ३ गते हुने छ । यसको साँवा भूक्तानी मिति २०९० माघ ३ गतेलाई तोकिएको छ । ब्याज भुक्तानी अर्धबार्षिक रुपमा गर्दै जाने बताइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले ११ वर्षे, ९ वर्षे, ६ वर्षे, ५ वर्षे र ३ वर्षे अवधिका १२ वटा विकास ऋणपत्र बिक्री मार्फत १ खर्ब १९ अर्ब आन्तरिक ऋण संकलन गरिसकेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार