सामान्य बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुन आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार